संगालोखबर
सांकेतिक तस्वीर

झापा । झापाको दमक नगरपालिका-१० मा खोलाले बगाउँदा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका इन्द्र प्रसाईँका ११ वर्षीय छोरा धर्मेन्द्र प्रसाईँ छन् ।

आज बिहान ७ बजे घर नजिकैको भालु खोलाले बालकलाई बगाएको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । उनलाई खोलाले बगाइरहेको अवस्थामा उद्धार गरेर उपचारका लागि निम्स अस्पताल दमक लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ ।

Advertisement

शव तत्काल सोही अस्पतालमा रहेको र अन्य अनुसन्धान तथा कानुनी प्रक्रियाको लागि इलाका प्रहरी कार्यालय दमकबाट टोली खटिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!