
विराटनगर । झापामा पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु भएको छ । भद्रपुर नगरपालिका-३ मेची खोलाको दोभानमा पौडी खेल्ने क्रममा भद्रपुर-२ का १३ वर्षीय अर्पण लिम्बुको मृत्यु भएको हो ।
प्रहरीका अनुसार उनी साथीहरूसँग पौडी खेल्न गएका थिए । सोही क्रममा उनी डुबेर बेपत्ता भएका थिए ।
खोजतलासका क्रममा उनलाई मृत फेला पारिएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।