संगालोखबर


विराटनगर । झापामा ईभी भ्यान दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । ताप्लेजुङबाट दर्शनार्थी बोकेर फर्कँदै गरेको प्रदेश १-०१-००१ ज ४०८८ नम्बरको भ्यान आज बिहानको राति मेची राजमार्गअन्तर्गत बुद्धशान्ति गाउँपालिका-३ धर्मकाँटामा दुर्घटना भएको हो ।

दुर्घटनामा चालक ताप्लेजुङको फुङलिङ-२ का ३० वर्षीय लाक्पा थेपेन शेर्पा, भक्तपुरको चाँगुनारायण नगरपालिका-१ का १२ वर्षीय सेसेहाङ सुवा, १९ वर्षीया सुविमा लिम्बू, ३४ वर्षीय प्रेम यौङहाङ र ३२ वर्षीय टीका लिम्बू घाइते भएका छन् ।

Advertisement

यस्तै झापाको अर्जुनधारा नगरपालिका-१० का ४४ वर्षीय विजय लिम्बू, ४२ वर्षीया मनकुमारी लिम्बू, दमक नगरपालिका-३ की २१ वर्षीया मनिता धिमाल र ४३ वर्षीय रीता धिमाल घाइते भएका छन् ।

घाइतेहरूको अवस्थामा सामान्य रहेको र बी एन्ड सी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । भ्यान आफैँ अनियन्त्रित भएर दुर्घटना भएको झापाका ट्राफिक प्रमुख इन्स्पेक्टर गणेश पौडेलले संगालोखबरलाई जानकारी दिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!