
झापा । झापामा साडीको पिङले बेरिँदा १० वर्षीय बालकको मृत्यु भएको छ । अर्जुनधारा नगरपालिका-११ बालविकास टोलका नेत्रप्रसाद सिवाका छोरा प्रदीपको मृत्यु भएको हो ।
प्रहरीका अनुसार शुक्रबार साँझ खेल्ने क्रममा बालकको घाँटीमा साडी बेरिएको अवस्थामा आमाले देखेपछि तत्कालै अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । घरको काठको बलोमा खेल्नका लागि साडीको पिङ बनाइएको थियो ।
प्रहरीले कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि मेची प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ । घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

संगालोखबर 













