संगालोखबर


विराटनगर । झापामा साथीको कुटपिटबाट गम्भीर घाइते भएका दुई युवकको मृत्यु भएको छ । शिवसताक्षी नगरपालिका– ९ बस्ने १९ वर्षीय रोमन थापा र १५ वर्षीय आदित्य तामाङको मृत्यु भएको हो ।

प्रहरीका अनुसार एकसाता अघि साथीसँग झगडा हुँदा थापा र तामाङ घाइते भएका थिए । थापाको शनिबार र तामाङको बुधबार उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरूको बीएण्सी अस्पताल बिर्तामोडमा उपचार भइरहेको थियो । 

Advertisement

प्रहरीका अनुसार गत असार ११ गते कुटपिटको घटना भएको थियो । ‘स्कुलबाट फर्कने क्रममा साथीसँग भनाभन हुँदा घटना भएको रहेछ । एक जनाको मृत्यु भइसकेपछि मात्रै हामीलाई जानकारी आयो’, झापाका निमित्त प्रहरी प्रवक्ता इन्स्पेक्टर प्रवीण श्रेष्ठले संगालोखबरसँग भने, ‘घटनामा संलग्न भएको आशङ्कामा ६ जनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेका छौं ।’

उनका अनुसार घटनामा संलग्न भएको आशङ्कामा नियन्त्रणमा लिइएका सबै जना १६ वर्षभन्दा कम उमेर समूहका छन् । घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको उनको भनाइ छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!