
विराटनगर । झापामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार बुद्धशान्ति गाउँपालिका-३ का ३९ वर्षीय रोशन जीमीको मृत्यु भएको हो ।
आइतबार साँझ घर नजिकै रहेको खेतमा पैनीबाट मोटरले पानी तानेर लगाउने क्रममा उनलाई करेन्ट लागेको प्रहरीले जनाएको छ ।
करेन्ट लागेर घाइते भएका उनलाई उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड लगिएकोमा उपचारका क्रममा मृत्यु भएको हो । घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

संगालोखबर 













