संगालोखबर
साङ्केतिक तस्विर

विराटनगर । झापामा विषालु सर्पले डस्दा एक बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार कमल गाउँपालिका-४ का १० वर्षीय नवीन विकको मृत्यु भएको हो ।

शनिबार राति हजुरबुवासँगै सुतेका उनलाई कालो गोमन सर्पले खुट्टामा टोकेको बताइएको छ । सर्पले डस्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ ।

Advertisement

उनका बुबा वैदेशिक रोजगारीमा गएका छन् । ज्योति आधारभूत विद्यालयमा अध्ययनरत नवीन हजुरबुवा र हजुरआमा बस्दै आएका थिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!