उदयपुरमा बोलेरो दुर्घटनाः एक जनाको मृत्यु, ५ घाइते
उदयपुर । उदयपुरको कटारी नगरपालिका–१० पालसिंहस्थित भित्री सडकखण्डमा बोलेरो दुर्घटना हुँदा आज एक जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् ।
बिहान रुपाटारबाट कटारीतर्फ आउँदै गरेको प्रदेश २–०१–००१ च ००५० नम्बरको बोलेरो अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा ताप्ली गाउँपालिका–१ का ६५ वर्षीय मिनबहादुर सार्की, ताप्ली–२ का ३० वर्षीय फडिन्द्र श्रेष्ठ, ७ वर्षीय भवानी श्रेष्ठ, २ वर्षीया भूमिक...









