संगालोखबर

उदयपुर । नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलको विशेषज्ञ टोलीबाट उदयपुरको त्रियुगा नगरपालिका–१० मा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा २२ सयभन्दा बढीले सेवा लिएका छन् ।

Advertisement

बालमन्दिर माध्यमिक विद्यालय, बोक्सेमा सञ्चालित शिविरमा नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलको जनरल मेडिसिन, जनरल सर्जरी, प्रसती तथा स्त्री रोग, बाल रोग, हाडजोर्नी तथा नशा रोग विशेषज्ञले सेवा दिएका थिए ।

यसैगरी, छाला रोग, नाक कान घाँटी रोग, दन्त रोग, आँखा रोग, रेडियोलोजी लगायतका विभागका विशेषज्ञ चिकित्सकहरुले बिरामीहरुको परीक्षण तथा उपचार सेवा प्रदान गरेका थिए । शिविरमा २८७ जनाको निःशुल्क अल्ट्रासाउण्ड, ३५५ जनाको प्रयोगशाला परीक्षण, ११२ जनाको ईसीजी गरिएको र २५ जनाको दाँत खोलिएको थियो ।

शिविरबाट शल्यक्रिया लगायत थप उपचार आवश्यक भई रिफर भएका बिरामीहरुलाई नोवेलमा उपचार गराउँदा अस्पताल सेवामा ५० प्रतिशत छुट दिइने जनसम्पर्क अधिकृत नवीन दाहालले जानकारी दिए ।

त्रियुगामा आयोजित शिविरको प्रमुख आयोजक नेपाली काँग्रेस त्रियुगा नगरपालिका वडा १०, वडा कमिटी थियो भने सहयोगी संस्थाहरुमा त्रियुगा नगरपालिका, जिल्ला अस्पताल उदयपुर, बालमन्दिर मावि बोक्से, नेपाल बन पैदावार उद्योग वाणिज्य संघ उदयपुरलगायत थिए ।

संघीय सांसद डा. सुनिलकुमार शर्माले विराटनगरस्थित नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटल र काठमाडौंस्थित काठमाडौं मेडिकल कलेजको विशेषज्ञ चिकित्सक टोलीसहित पूर्वी नेपालदेखि पश्चिम नेपालका विभिन्न स्थानहरुमा निःशुल्क स्वास्थ्य शिविर गर्दै आएका छन् ।

शिविरबाट लाखौं विरामीहरुले घरदैलोमै निःशुल्क रुपमा विशेषज्ञ स्वास्थ्य उपचार सेवा प्राप्त गर्न सकेका छन् भने थप उपचारका लागि नोवेल र केएमसीमा विशेष सहुलियत प्राप्त गर्ने गरेको जनाइएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!