संगालोखबर
सांकेतिक तस्वीर

उदयपुर । उदयपुरको रौतामाई गाउँपालिका–७ सिम्लेमा चट्याङले लागेर एकजना महिलाको मृत्यु भएको छ । हावाहुरी र पानीसँगै परेको चट्याङले लागेर स्थानीय ५३ बर्षीया चन्द्री तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घरैमा सुतिरहेका बेला गएराति परेको चट्याङले लागेर उनको घटनास्थलमै मृत्यु भएको थियो । राति हावाहुरीसहित पानी पनि परेको थियो । त्यस क्रममा स्थानीय बासिन्दाले लगाएका बालीमा पनि नोक्सानी भएको जनाइएको छ ।

Advertisement

घटनाको जानकारी पाएपछि पुगेको जिल्ला प्रहरी कार्यालय उदयपुरको टोलीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!