संगालोखबर

उदयपुर । उदयपुरको बेलका नगरपालिका–९ का वडाध्यक्ष पदम खड्काको निधन भएको छ । ९ दिनअघि मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको थियो ।

Advertisement

सुनसरीको बराहक्षेत्र नगरपालिका–२, राजधामी चोकमा सिटी सफारीसँग मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा उनी घाइते भएका थिए । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रारम्भिक उपचारपछि उनलाई काठमाडौं लगिएको थियो ।

४५ वर्षीय खड्का २०७९ को स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट वडाध्यक्ष निर्वाचित भएका थिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!