- संगालोखबर सम्वाददाता

काठमाडौं । कुमारी बैंकले आफ्ना ग्राहकलाई सहुलियत दरमा गुणस्तरीय स्वास्थ्य उपचार सेवा उपलब्ध गराउँन पर्साको बीरगंजस्थित सात्विक आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्रसँग स्वास्थ्य सेवामा छुट सम्बन्धी सम्झौता गरेको छ ।

Advertisement

कुमारी बैंक लिमिटेड प्रदेश–२ का प्रमुख सिद्घार्थ सिंह र सात्विक आयुर्वेद अस्पतालका चिकित्सक अधिकृत प्रभाकर मनुले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार सात्विक आयुर्वेद अस्पतालमा ओपीडी, प्याथोलोजी, पँचकर्म र औषधीमा ५ प्रतिशतसम्म, थेरापी, लगायत आइडीपी (बेड चार्जेज) मा कुमारी बैंकको डेबिट तथा क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट पाईनेछ ।

कुमारी बैंकले आफ्ना देशव्यापी १९५ शाखा सञ्जाल, १५२ एटिएम, २३ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । आगामी दिनहरुमा अझ सरल, सुलभ तथा उत्कृष्ट सेवामा केन्द्रित हुँने बैंकले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!