- संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिकामा यो बर्षदेखि व्यवसायिक रुपमा कफी खेति थालिएको छ । कफी खेतीको सम्भाव्यता अध्ययन पश्चात बृहत रुपमा खेति थालिएको हो ।

Advertisement

पाख्रीवास नगरपालिकाले वुधवार कृषि प्राविधिक र सञ्चारकर्मीहरुलाई अनुगमन गराएर पाख्रीवासमा नेपालकै सबैभन्दा ठूलो मात्रामा कफी खेति सुरु गरिएको दावी छ । नगरपालिकाले खेति बिस्तारका लागि १० लाखको लागतमा ७ रोपनी क्षेत्रफलमा मुगास्थित राई गाउँमा कफीको नर्सरी सुरु गरेको हो । त्यहाँबाट ५ लाख कफीका बिरुवा उत्पादन गर्ने लक्ष राखिएको छ । नगरपालिकाले आवश्यक नीति बनाएर नगरभित्र र सार्वजनिक रुपमा बिरुवा बितरण तथा बिक्री गर्ने योजना बनाएको छ ।

कफी खेतिलाई विस्तार गरेर ४ हेक्टर क्षेत्रफलमा खेति गरिने पाख्रीवास नगरपालिकाका मेयर बिर्खबहादुर राईले जानकारी दिए । नगरपालिकाले गत बर्ष कृषि अभियान्ता जीवन कुमार राईको नेतृत्वमा कफी खेतिको सम्भाव्यता अध्ययन गरेको थियो । अध्ययनका क्रममा उपयुक्त देखिएपछि यो बर्षबाट व्यवसायिक खेति थालिएको नगरपालिकाले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!