- संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिकाले पाँच वटा कृषि तथा पशु पालक समूह एवं संस्थालाई ४४ लाख अनुदान दिएको छ । पालिकाले आवहन गरेको दरखास्त भरेका १७ वटा कृषि सम्बन्धि संस्थाहरुबाट छनौट गरी पाँच वटा समूह तथा संस्थालाई अनुदान दिइएको हो ।

Advertisement

गाउँपालिकाका अनुसार बंगुरपालनका लागि आवेदन दिएका ८ वटा संस्था मध्ये बंगुर पकेट क्षेत्र वडा नं. ३ को ढुंङ्गे कृषि सहकारी संस्था र वडा नं. ५ को खोक्ताप बाँझ बिसाउना कृषक समूहले १०/१० लाख अनुदान पाएका छन् । किबी खेतीका लागि आवेदन परेका ३ कृषि संस्थाहरु मध्ये किवी पकेट क्षेत्रको वडा नं.६ स्थित पहाडी किवी तथा तरकारी उत्पादन कृषक समुह र खुर्सानी खेतीका लागि वडा नं.२ को सल्लेरी कृषक समुहले ६/६ लाखका दरले अनुदान पाएका छन् ।

त्यस्तै, मकै खेतीका लागि परेका २ आवेदन मध्ये पकेट क्षेत्र वडा नं.१ को पिङडाँडा कृषक समूहले १२ लाख अनुदान पाएको गाउँपालिकाले जनाएको छ । सरकारको ७५ र कृषि समूह तथा सहकारीको २५ प्रतिशत साझेदारीमा अनुदान उपलब्ध गराइएको गाउँपालिकाका भेटेनरी अधिकृत राजकुमार राईले जानकारी दिए । उनका अनुसार संघीय सरकारको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना सञ्चालन कार्यबिधी अनुसार कृषक सहकारी तथा सस्था छनौट गरी अनुदान उपलब्ध गराइएको हो ।

अनुदानबाट कृषक सहकारी तथा समूहमा आवद्ध ११५ जना कृषक लाभान्बित हुँनेछन् । बंगुरपालन सहकारीमा आवद्ध २९ जना, किवी तथा तरकारी उत्पादन समूहका २१ जना, खुर्सानी कृषक समुहका ३८ जना र मकै खेती समूहका २७ जना किसानले लाभ लिनेछन् । पालिकाले वडा नं.१ लाई मकै, २ लाई खर्सानी, ३ र ५ वडालाई बंगुर पालन र ६ लाई किवी पकेट क्षेत्र घोषणा गरेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!