संगालोखबर सम्वाददाता

विराटनगर । सप्तकोशी डेभलपमेन्ट बैंकले एससीटीमा आधारित कार्ड प्रयोगमा ल्याउने भएको छ । भुक्तानी र फछ्र्यौटका लागि बैंकले स्मार्ट च्वाइस टेक्नोलोजिसँग सम्झौता गरेको छ ।

Advertisement

बैंकका प्रमुख कार्यकारी अधिकृत नविन सुबेदी र स्मार्ट च्वाइसका कायममुकायम प्रमुख कार्यकारी अधिकृत दिपेश मास्केले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सम्झौतासँगै बैंकले ग्राहकलाई भुक्तानी कार्डको आधुनिक, सुरक्षित, गुणस्तरीय तथा भरपर्दो सुविधा प्रदान गर्न सक्ने भएको छ । ग्राहकले नेपाल तथा भारतभित्र एटीएम, पीओएस, ई–कमर्स जस्ता सेवा सजिलै लिनसक्ने बैंकले जनाएको छ ।

धनकुटामा प्रधान कार्यालय र विराटनगरमा कर्पोरेट कार्यालय रहेको यस बैंकले प्रदेश १ का ७ जिल्लामा ३० वटा शाखा विस्तार गरेको छ । धनकुटा, मोरङ, इलाम, झापा, सुनसरी, तेह्रथुम र पाँचथरमा बैकिङ्ग सेवा प्रदान गरिदै आएको बैंकका प्रमुख कार्यकारी अधिकृत सुबेदीले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!