- संगालोखबर सम्बाददाता

काठमाडौँ । माघ १ गतेदेखि अन्तर बैंक एटीएम प्रयोग गरे वापत शुल्क तिर्नुपर्ने भएको छ । एउटा बैंकको एटीएम कार्डले अर्को बैंकको एटीएम मेसिनबाट पैसा निकाल्दा शुल्क लाग्ने भएको हो ।

Advertisement

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई अन्तर बैंक एटीएम कारोबारमा शुल्क उठाउन अनुमति दिएको छ । राष्ट्र बैंकले बिहीबार निर्देशन जारी गर्दै अन्तर बैंक एटीएम कारोबारमा शुल्क उठाउन अनुमति दिएको हो । राष्ट्र बैंकका अनुसार मासिक २ वटासम्म अन्तर बैंक एटीएम कारोबारमा ग्राहकले शुल्क तिर्नु पर्दैन । तर, दुई भन्दा बढी कारोबार गर्दा बैंकले प्रति कारोबार २० रुपैयाँसम्म शुल्क उठाउन पाउनेछ ।

लकडाउन सुरु भएयता एउटा बैंकको एटीएम कार्डले अर्को बैंकको एटीएम मेसिनबाट पैसा निकाल्दा शुल्क नलाग्ने व्यवस्था गरिएको थियो । तर, लकडाउन खुलेर जनजीवन सामान्य हुँदै गएपछि राष्ट्र बैंकले पुनः शुल्क लिन अनुमति दिएको हो । अन्तर बैंक एटीएम शुल्क लिन नपाउँदा बैंक तथा वित्तिय संस्थाले लापरबाही गरेको गुनासो आएको थियो ।

लापरबाही रोक्नका लागि पनि अन्तर बैंक एटीएम कारोवारमा न्यूनतम शुल्क लिन अनुमति प्रदान गरिएको राष्ट्र बैंकले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!