भोजपुरमा उत्पादित जडीबुटीले बजार पाएन

भोजपुरमा उत्पादित जडीबुटीले बजार पाएन

भोजपुर, १३ चैत । उत्पादित जडीबुटीको बजारीकरणसँगै प्रशोधनमा ध्यान दिनुपर्नेमा सहभागीले जोड दिएका छन् । डिभिजन वन कार्यालय भोजपुरमा आज आयोजना गरिएको जडीबुटीखेती सम्बन्धी अन्तरक्रियाका सहभागीले जिल्लामा धेरै प्रकारका जडीबुटी उत्पादन हुने गरेको भए पनि बजारीकरण तथा प्रशोधन केन्द्र नहुँदा समस्या हुने गरेकोले त्यसतर्फ ध्यान दिन सरोकारवाला पक्षलाई आग्रह गरेका हुन् । उनीहरुले जडीबुटी किसानले वास्तविक मू...
सिङ्गो गाउँ बाख्रापालनमा

सिङ्गो गाउँ बाख्रापालनमा

दमौली, १३ चैत । तनहुँको भिमाद नगरपालिका–९ पाथर्दीका शिवकुमार आलेले ७० वटा बाख्रा पाल्नुभएको छ । उहाँले बाख्रापालनबाट वार्षिक रु दश लाखभन्दा बढी आम्दानी गर्नुहुन्छ । सोही ठाउँका श्रीमाया आलेले ४५ वटा बाख्रा पाल्नुभएको छ । उहाँको आम्दानी वार्षिक रु पाँच लाखभन्दा बढी छ । अर्का किसान खिमबहादुर थापाले ४० वटा बाख्रा पालेर एक वर्षमा त्यही हाराहारीमा आम्दानी गर्नुहुन्छ । उहाँहरु मात्रै होइन यस ठाउँका ...
कृषकलाई हातेट्र्याक्टर वितरण

कृषकलाई हातेट्र्याक्टर वितरण

कास्की, १३ चैत । पोखरा महानगरपालिका कृषि महाशाखाले कृषकलाई ५० प्रतिशत अनुदानमा हातेट्र्याक्टर वितरण गरेको छ । महाशाखाको चालू आर्थिक वर्षको कृषि यान्त्रिकरण कार्यक्रमअन्तर्गत विनियोजित रु २५ लाख बजेटबाट ६२ कृषि समूह तथा सहकारीलाई हातेट्र्याक्टर वितरण गर्ने योजनाअनुसार मङ्गलबार ३० समूह, सहकारी तथा कृषि फार्मलाई ट्र्याक्टरवितरण गरिएको महाशाखा प्रमुख मनहर कडरियाले बताउनुभयो । महानगरले ५० प्रतिशत अ...
इन्धनको ढुवानी लागत घटाउन नयाँ रणनीति

इन्धनको ढुवानी लागत घटाउन नयाँ रणनीति

काठमाडौँ, १३ चैत । नेपाल आयल निगमले इन्धनको ढुवानी लागत घटाउन र पूर्वाधार बढाउन १० वर्षे रणनीति ल्याउने भएको छ । निगमको विनियमावलीले १० वर्षे कार्ययोजना बनाउन भनेकाले सोहीअनुसार रणनीति तयार गर्न लागिएको हो । वार्षिक रु डेढ खर्बभन्दा बढीको कारोवार गर्ने निगमले सूचना प्रविधिको अधिकतम् उपयोग गर्ने विषयसमेत सो रणनीतिमा समावेश गर्ने निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले जानकारी दिनुभयो । ...
मन्त्री यादवद्वारा चिनी कारखानाको अनुगमन

मन्त्री यादवद्वारा चिनी कारखानाको अनुगमन

पर्सा, १२ चैत । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले विगत डेढ दशकदेखि बन्द अवस्था रहेको वीरगञ्ज चिनी कारखानाको आज स्थलगत अनुगमन तथा निरीक्षण गरी त्यहाँको वस्तुस्थितिबारे जानकारी लिनुभयो । सो अवसरमा उहाँले उपयोगविहीन अस्थामा रहेका कारखानाका उपकरणहरु जीर्ण हुँदै गएकोेप्रति चिन्ता व्यक्त गर्दै यसको सरसफाइमा ध्यान दिन कर्मचारीलाई निर्देशन दिनुभयो । मन्त्री यादवले पर्सा जिल्ला अदा...
लगानी सम्मेलन अन्तिम चरणमा : ६४ करोडदेखि साढे तीन खर्बका ६६ परियोजना

लगानी सम्मेलन अन्तिम चरणमा : ६४ करोडदेखि साढे तीन खर्बका ६६ परियोजना

काठमाडौँ, ११ चैत । समृद्ध नेपाल, सुखी नेपालीको सङ्कल्प अगाडि सारेको सरकारले आयोजना गरेको लगानी सम्मेलनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ । ठूला आयोजनामा विदेशी लगानी भित्र्याउने र समृद्ध राष्ट्र निर्माणको आधारशिला तयार पार्ने लक्ष्यका साथ सरकारले सो सम्मेलन आयोजना गरेको हो । सम्मेलन यही चैत १५ र १६ गते हुने भएको छ । चालिस देशका ६०० भन्दाबढी लगानीकर्तालाई नेपाल भित्र्याएर लगानीको वातावरण ब...
नयाँ पुस्ताका आलुको बीउ उत्पादन

नयाँ पुस्ताका आलुको बीउ उत्पादन

काभ्रेपलाञ्चोक, ११ चैत । पाँचखालस्थित मसला बाली विकास केन्द्रले विभिन्न जातका आलुको बीउ उत्पादन गरिरहेको छ । वर्षौंदेखि एउटै जात पुस्तान्तरण गरी आलुखेती गर्दा कम उत्पादन हुने भएपछि नयाँ पुस्ताका बीउ उत्पादन गरिएको केन्द्रप्रमुख युवराज पाण्डेले बताउनुभयो । उहाँले केन्द्रमा आलुको पूर्व मूलबीउ र मूल बीउ उत्पादन गरिरहेको जानकारी दिनुभयो । आलुको बीउ उत्पादनका लागि कुनै प्रकारका किरा छिर्न नसक्ने दु...
काठमाडौँ उपत्यकामा मेट्रो रेलको अध्ययन हुँदै

काठमाडौँ उपत्यकामा मेट्रो रेलको अध्ययन हुँदै

काठमाडौँ, १० चैत । काठमाडौँ उपत्यकामा झण्डै २० किलोमिटर लम्बाइको मेट्रो रेलको अध्ययन गरिने भएको छ । मेट्रो रेलअन्तर्गत तीन खण्डमध्ये एक खण्डको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) र दुई खण्डमा पूर्वसम्भाव्यता अध्ययन गर्न लागिएको रेल विभगले जनाएको छ । आठ वर्ष पहिले नै पूर्वसम्भाव्यता अध्ययन सम्पन्न भइसकेको सातदोबाटोदेखि महाराजगञ्ज खण्डमा विस्तृत अध्ययन प्रतिवेदन गर्न लागिएको विभागका प्रवक्ता अमन ...
शेयर बजार : छ अङ्कले घट्यो

शेयर बजार : छ अङ्कले घट्यो

काठमाडौँ, १० चैत । साताको पहिलो दिन नै धितोपत्र बजारमा शेयरको मूल्यमा करीब छ अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ५.७८ विन्दुले घटेर एक हजार १३४.८० विन्दुमा पुगेको छ । ठूला कम्पनीका शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.१७ विन्दुले घटेर २४१.२९ विन्दुमा पुगेको छ । कूल १६६ कम्पनीका आठ लाख ३० हजार ६८ कित्ता शेयर रु २३ करोड २४ लाख एक हजार १३१ मूल्य...
उदयपुरमा डुडेमौरी पालन घट्दै

उदयपुरमा डुडेमौरी पालन घट्दै

गाईघाट, ८ चैत । पहाडी क्षेत्रको परम्परागत डुडेमौरी पालन पेशा हिजोआज घट्दै जान थालेको छ । अहिले व्यावसायिक रुपमा आधुनिक तरिकाले घारेमौरी पाल्ने क्रम बढेको र यसबाट धेरै मह उत्पादन हुने र डुडे मौरीबाट मह उत्पादन कम हुने भएकाले यो पेशा घट्दै जान थालेको उदयपुर जिल्लाको रौतामाई गाउँपालिका मलबासेका कृषक बिष्णु पुलामी मगर बताउनुहुन्छ । डुडेमौरी पहाडी क्षेत्रको रौता, मुर्कुची, भुटार, साउने, खाँबु, बलाम्...
भारतीय भन्सारमा रोकिएका ट्याङ्कर नेपाल भित्रिए

भारतीय भन्सारमा रोकिएका ट्याङ्कर नेपाल भित्रिए

बाँके, ८ चैत । भारतीय भन्सारले अनलाइन सेवामा समस्या देखिएको भन्दै रुपैडिहामा रोकेका पेट्रोलियम पदार्थ बोकेका १४० ट्याङ्कर नेपाल भित्रिएका छन् । अनलाइनमा समस्या आएपछि ट्याङ्करसँगै फलफूल र तरकारी बोकेका दर्जन बढी ट्रक पनि दुई दिनसम्म सीमामै रोकिएका थिए । नेपालगन्ज भन्सार कार्यालयका अधिकृत शरदकुमार केसीका अनुसार पेट्रोलियम पदार्थ बोकेका ट्याङ्कर भारतीय भन्सारमा अनलाइन सेवा सञ्चालन भएपछि बिहीबार रा...
शेयर बजार : सात अङ्कले घट्यो

शेयर बजार : सात अङ्कले घट्यो

काठमाडौँ, ५ चैत । सोमबार जस्तै आज पनि धितोपत्र बजारमा शेयरको मूल्यमा ६.८३ अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार घटेर एक हजार १४७.१५ विन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.५७ विन्दुले घटेर २४३.९७ विन्दुमा पुगेको छ । नेप्से परिसूचक घटेसँगै कारोवार रकममा समेत कमी आएको छ । कूल १५८ कम्पनीको पाँच लाख ३४ हजार ९९५ कित्ता शेयर रु १४ करोड ८६ ल...
पेट्रोलियम पदार्थको मूल्य यथावत्

पेट्रोलियम पदार्थको मूल्य यथावत्

काठमाडौँ, ५ चैत । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य वृद्धि भइरहेपनि सर्वसाधारणको हितलाई ध्यानमा राख्दै हाललाई पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको छ । यही चैत दुई गते ‘इण्डियन आयल कर्पोरेशन (आइओसी)’बाट प्राप्त नयाँ मूल्यसूचीअनुसार पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ नौ पैसा वृद्धि र डिजेलमा प्रतिलिटर १२ पैसा घटेर आएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिनुभयो । अहिले क...
साग बेचेर  एक लाखभन्दा बढी कमाइ

साग बेचेर एक लाखभन्दा बढी कमाइ

गलेश्वर, ४ चैत । म्याग्दीमा साग बेचेर एक किसानले रु एक लाखभन्दा बढी कमाइ गर्न सफल हुनुभएको छ । जिल्लाको बेनी नगरपालिका–२ ज्यामरुककोट खबराका ६१ वर्षीय चन्द्रबहादुर कार्कीले साग बेचेर मात्रै वार्षिक रु एक लाखभन्दा बढी कमाइ गर्दै आउनुभएको छ । म्याग्दीमा नै सबैभन्दा बढी साग उत्पादन गर्ने जिल्लाका अगुवा कृषक कार्कीले मुख्य याममा दैनिक ५० किलोसम्म साग बेच्नुहुन्छ । आफ्नै सीप र अनुभवबाट साग उत्पादन गर...
आगामी आर्थिक वर्षको अन्त्यसम्म १२ सय मेगावाट विद्युत् थप हुँदै

आगामी आर्थिक वर्षको अन्त्यसम्म १२ सय मेगावाट विद्युत् थप हुँदै

काठमाडौँ, ३ चैत । आगामी आर्थिक वर्ष २०७६/७७ को अन्त्यसम्ममा कूल एक हजार २६९ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार आगामी आवमा हालसम्मकै ठूलो जलविद्युत् आयोजना माथिल्लो तामाकोशी जलविद्युत् आयोजना निर्माण सम्पन्न भई राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ । हाल देशको प्रसारण प्रणालीमा एक हजार १५ मेगावाट बराबरको विद्युत् जोडिएको छ । स...
हराउँदै गए खाद्य उद्योग

हराउँदै गए खाद्य उद्योग

बाँके, ३ चैत । कुनै समय बाँके र बर्दिया जिल्ला धान उत्पादनमा अग्रणी जिल्लाका रूपमा परिचित थिए । सिँचाइ सुविधा नपुगे पनि मनसुनकै भरमा प्रशस्तै धान उत्पादन हुन्थ्यो । यहाँ उत्पादित धान भारतको कोचिनसम्म पुग्थ्यो । महाकाली राइस मिल, पूजा दालमिल, टण्डन राइस मिलजस्ता ठूला मिल पनि बाँकेमा सञ्चालित थिए । बजार विस्तार भयो, जनसङ्ख्या बढ्दै गयो । मौसम परिवर्तन हुँदै गएपछि धान उत्पादन पनि घट्दै जान थाल्यो ...
नेपालमै गाडी बनाउन साढे १० अर्बको कोरियन लगानी स्वीकृत

नेपालमै गाडी बनाउन साढे १० अर्बको कोरियन लगानी स्वीकृत

काठमाडौँ, २ चैत । लगानी बोर्डले दक्षिण कोरियाको मोट्रेक्स कम्पनी लिमिटेडले पेश गरेको सवारी साधन उत्पादनसम्बन्धी ‘भेइकल म्यानीफयाक्चरीङ एण्ड एसेम्बली प्लाण्ट’ परियोजनाका लागि रु १० अर्ब ५४ करोडको विदेशी लगानी स्वीकृत गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा हिजो बसेको बोर्डको ३५ औं बैठकले उक्त निर्णय गरेको हो । बैठकले अरुण–३ जलविद्युत् परियोजना...
हेटौँडामा बर्डफ्लु फेला

हेटौँडामा बर्डफ्लु फेला

हेटौँडा, १ चैत । दुई साताअघि हेटौँडामा हजारौँ कुखुरा मर्नुका कारण बर्डफ्लु नै भएको पुष्टि भएको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी आसमान तामाङका अनुसार परीक्षणबाट बर्डफ्लु प्रमाणित भएकाले चारकिल्ला तोकी नियन्त्रणका लागि टोली परिचालन गरी सकिएको छ । हेटौँडाका किसान कुलप्रसाद चौलागाईंले पाल्नुभएको कुखुराको नमूना परीक्षणमा बर्डफ्लुको जिवाणु रहेको पुष्टि भएको हो । दुई साताअघि करौडौँको क्षति हुने गर...
शुक्रबारदेखि बेरोजगार सूचीकरण, न्यूनतम १०० दिनको रोजगारी प्रदान गरिने

शुक्रबारदेखि बेरोजगार सूचीकरण, न्यूनतम १०० दिनको रोजगारी प्रदान गरिने

काठमाडौँ, ३० फागुन । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत बेरोजगार युवालाई न्यूनतम् रोजगारीको अवसर प्रदान गर्नका लागि शुक्रबारदेखि बेरोजगार सूचीकरण गरिँदैछ । सात सय ५३ स्थानीय तहमा स्थापना भएको रोजगार सेवा केन्द्रमा खटिइएका रोजगार संयोजकले बेरोजगार युवाको लगत सङ्कलन गरी बेरोजगारलाई रोजगारीको अवसरसँग जोड्ने छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रलायले न्यूनतम रोजगारीमा संलग्न भई सार्वजनि...
गाईमा भ्रुण प्रत्यारोपण

गाईमा भ्रुण प्रत्यारोपण

चितवन, २८ फागुन । राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुरमा रहेका गाईमा भ्रुण प्रत्यारोपण प्रविधि आजबाट शुरु गरिएको छ । पहिलो बेतको अन्दाजी तीन वर्ष ६ महीनाको जर्सी गाईलाई होलिस्टन गाईको भ्रुण प्रत्यारोपण गरी यहाँका गाईमा यो प्रविधिको थालनी गरिएको हो । राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुरका प्रमुख डा माधवप्रसाद आचार्यका अनुसार अमेरीकाबाट झिकाइएको शुद्ध नश्लको जर्सी वा होलिस्टन गाईको भ्रुण ...
करीब चार हजार युवालाई रोजगार बनाइँदै

करीब चार हजार युवालाई रोजगार बनाइँदै

काठमाडौँ, २८ फागुन । सरकारले यसवर्ष करीब चार हजार बेरोजगार युवालाई रोजगार बनाउनका लागि निःशुल्क तालीम सञ्चालन गर्ने भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको व्यावसायिक शिक्षा तथा तालीम अभिवृद्धि परियोजना (इभेन्ट)ले यसवर्ष तीन हजार ६६० बेरोजगार युवालाई स्वरोजगार बनाउन निःशुल्क तालीम सञ्चालन गर्ने भएको इभेन्टका सूचना अधिकारी नेत्रनारायण पौडेलले जानकारी गराउनुभयो । उहाँले छोटो अवधि...
दुई महीनामै दुई लाखभन्दा बढी पर्यटक भित्रिए

दुई महीनामै दुई लाखभन्दा बढी पर्यटक भित्रिए

काठमाडौँ, २७ फागुन । सन् २०१९ को दुई महीनामै दुई लाखभन्दा बढी विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । अध्यागमन विभागको तथ्याङ्कअनुसार जनवरी र फेब्रुअरीमा गरी दुई लाख १६ हजार २१४ विदेशी पर्यटक नेपाल आएका हुन् । फेब्रुअरीमा मात्रै ९७ हजार ६९४ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो सङ्ख्या अघिल्लो वर्षको सोही अवधिमा ३३ प्रतिशतले बढी हो । सन् २०१८ को दुई महीनामा एक लाख ६३ हजार ६९४ पर्यटकले नेप...
तरकारीको मूल्य निर्धारण नहुँदा उपभोक्ता मारमा

तरकारीको मूल्य निर्धारण नहुँदा उपभोक्ता मारमा

सिरहा, २७ फागुन । तरकारीको बिक्री मूल्य निर्धारण गर्ने निकाय नहुँदा यहाँको बजारमा चर्को मूल्यमा उपभोक्ता तरकारी किन्न बाध्य छन् । व्यापारीले तरकारीको मूल्य आफैँ निर्धारण गरी बिक्री गर्दै आएकाले उपभोक्ता चर्को मूल्यमा तरकारी किन्न बाध्य भएका हुन् । मूल्य निर्धारण निकाय नहुँदा तरकारीको बजारअनुसार एकरुपता छैन । एकदेखि अर्को बजारमा मूल्य फरक पर्दा उपभोक्ताहरु तरकारी चर्को मूल्यमा खरीद गर्न बाध्य छन...
भोजपुरमा घरमै थन्कियो ‘किसानको अलैँची’

भोजपुरमा घरमै थन्कियो ‘किसानको अलैँची’

भोजपुर, २७ फागुन । अलैँचीको मूल्यमा भारी ह्रास आएसँगै जिल्लाका अलैँची कृषक निराश बन्दै गएका छन् । मूल्यमा गिरावट आएपछि किसानका अलैँची अहिले घरमै थन्किएको छ । आम्दानीको मुख्य आधार बनाउँदै आएका अलैँची कृषकले विगतको तुलनामा ७० प्रतिशतभन्दा बढीले मूल्यमा गिरावट आएको बताएका छन् । मूल्य घटेपछि अहिले ठेकेदारले प्रतिमन रु २० देखि २५ हजारमा अलैँची माग्ने गरेकाले आफूले अहिलेसम्म पनि अलैँची बिक्री नगरेक...
तिर्नुपर्ने १६ अर्ब, बैंकमा मौज्दात मात्रै १९ लाख

तिर्नुपर्ने १६ अर्ब, बैंकमा मौज्दात मात्रै १९ लाख

काठमाडौँ, २६ फागुन । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले गरेको अध्ययनमा ओरेण्टल को–अपरेटिभ लिमिटेडका अध्यक्ष सुधीर बस्नेतले रु १६ अर्ब एक करोड ४५ लाख बराबरको दायित्व भुक्तानी गर्नुपर्ने देखिएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गठन गरेको सो समितिले लामो समय लगाएर गरेको अध्ययनअनुसार भुक्तानी गर्नुपर्ने दायित्वको तुलनामा असाध्यै न्यून मात्रै रकम बैंकमा मौज्दात रहेको पाइएको...
रोल्पाको तरकारीले बजार पाएन

रोल्पाको तरकारीले बजार पाएन

रोल्पा, २६ फागुन । व्यावसायिक तरकारीखेती गर्दै आएका दक्षिण पश्चिम रोल्पाका किसानले तरकारी बिक्री नभएपछि बारीको तरकारी गाईभैँसीलाई खुवाउन बाध्य भएका छन् । जिल्लाको नुवागाउँ, जुगार, बुढागाउँ र होलेरी आसपासका किसानले तरकारी बिक्री नभएपछि बारीको तरकारी गाईभैँसीलाई खुवाउनुका साथै निःशुल्क बाड्न बाध्य भएका हुन् । बन्दा, काउली, ब्रोकाउलीजस्ता तरकारी स्थानीय तथा बाह्य बजारमा बिक्री नभएपछि ऋणको मारमा प...
अलैँचीको मूल्यमा निरन्तर ह्रास

अलैँचीको मूल्यमा निरन्तर ह्रास

फिदिम, २५ फागुन । अलैँचीको मूल्य निरन्तर घटेपछि किसान निराश बनेका छन् । यसवर्ष अलैँचीको मूल्य प्रतिमन (४० किलो) रु ३५ हजार हाराहारीबाट घटेर रु २२ देखि २५ हजारमा झरेपछि किसान निराश बनेका हुन् । अहिलेको बजार मूल्यबाट अलैँची उत्पादनमा लागेको खर्चको साँवासमेत नउठ्ने कृषकको भनाइ छ । मूल्य निरन्तर ओरालो लाग्दै गएपछि अलैँची गोदाममा राख्ने कि बेच्ने भन्नेमा किसान अन्योलमा परेका छन् । “मनको रु ३० देखि ४...
एघार होटल तथा रेष्टुराँ स्तरीकरण

एघार होटल तथा रेष्टुराँ स्तरीकरण

गलकोट, २४ फागुन । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले बागलुङले दोस्रोपटक जिल्ला सदरमुकाम बागलुङ बजारका ११ होटल तथा रेष्टुराँको स्तरीकरण गरेको छ । “होटल तथा रेष्टुराँ स्तरीकरण निर्देशिका, २०७४’ बमोजिम कार्यालयले होटल तथा रेष्टुराँको स्तरीकरणलाई तीव्रता दिएको हो । दोस्रो चरणमा ११ होटल तथा रेष्टुराँलाई स्तरीकरण गरेको गुण नियन्त्रण कार्यालयले जनाएको छ । सदरमुकामको होटल रेड एप्पल, हट क...
सुन्तलाबाट सम्पन्नतातिर स्याङ्जालीहरु

सुन्तलाबाट सम्पन्नतातिर स्याङ्जालीहरु

वालिङ, फागुन २४ ।  सुन्तला खेतीलाई प्रमुख आम्दानीको स्रोतका रुपमा विकास गर्ने लहर स्याङ्जाली किसानहरुमा बढ्दै गएको छ । स्याङ्जा जिल्लाका विभिन्न भागमा निर्वाहमुखी र घरायसी प्रयोजनका लागि गरिँदै आएको सुन्तला खेतीलाई विस्तार गरी व्यावसायीकरण गर्न थालिएको छ । पाखो, भिरालो जमीन तथा बारीहरुमा अन्य रुख बुट्यानहरुलाई फँडानी गरी सुन्तला बगैँचा निर्माण गर्ने र अन्य खाद्यान्न उत्पादन हुने जमीनहरुलाई सदुप...
अर्को महीना तयार हुँदै सुक्खा बन्दरगाह

अर्को महीना तयार हुँदै सुक्खा बन्दरगाह

मेलम्ची, २४ फागुन । सिन्धुपाल्चोकको लार्चामा निर्माणाधीन बन्दरगाह एक महीनाभित्र तयार हुने भएको छ । चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भइरहेको बन्दरगाहको काम करीब पूरा भएको नेपाल इन्टरमोडल यातायात विकास समितिका अधिकारीले जानकारी दिएका छन् । अप्रिल महीनामा चिनियाँ पक्षले निर्माण सम्पन्न गरेर नेपाललाई हस्तान्तरण गर्नेछ । करीब ९० रोपनी क्षेत्रफलमा फैलिएको बन्दरगाहमा दुईतले भवन निर्माण...
उदयपुरमा गाईघाट, बेलदोभान, रौता केबलकारको डिपिआर शुरु

उदयपुरमा गाईघाट, बेलदोभान, रौता केबलकारको डिपिआर शुरु

गाईघाट, २४ फागुन । उदयपुर जिल्लाको मध्यपहाडी क्षेत्रको पवित्र धार्मिकस्थल रौता क्षेत्रलाई पर्यटन गन्तव्यका रुपमा विकास गर्नका लागि जिल्लाको सदरमुकाम गाईघाट, बेलदोभान हुँदै रौतासम्म केबलकार सञ्चालनका लागि सर्वे कार्य सम्पन्न भएर अब विस्तृत अध्ययन प्रतिवेदन(डिपिआर) तयार कार्य शुरु भएको छ । त्रियुगा नगरपालिका र रौतामाई गाउँपालिकाको साझेदारीमा चार वर्षभित्र जिल्लाको सदरमुकाम गाइघाटदेखि पहाडी धार्मि...
error: Content is protected !!