- संगालोखबर सम्वाददाता

विराटनगर । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । सुनको मूल्य प्रति तोला नौ सय रुपैयाँ घटेको हो ।

Advertisement

बिहिबार प्रति तोला ९० हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य शुक्रबार नौ सय रुपैयाँले घटेर ८९ हजार ९ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै तेजाबी सुनको मूल्य शुक्रबार प्रति तोला ८९ हजार ४ सय ५० रुपैयाँ कायम भएको छ ।

त्यस्तैगरी आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य प्रति तोला २० रुपैयाँले घटेर एक हजार २ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!