- संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाको केन्द्र जितपुरमा तरकारी वीउ स्रोतकेन्द्र बनाइने भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, महालक्ष्मी नगरपालिका र महालक्ष्मी साना किसान कृषि सहकारी संस्थाको त्रिपक्षीय साझेदारीमा वीउ स्रोतकेन्द्र बनाउँन लागिएको हो ।

प्रदेश सांसद इन्द्रमणी पराजुली, महालक्ष्मी नगरपालिकाका मेयर पर्शुराम नेपाल, उपमेयर मञ्जु अधिकारी, प्रमुख प्रशासकीय अधिकृत बसन्त गिरी, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख वौहालाल चौधरी लगायतले वीउ स्रोतकेन्द्र भवनको संयुक्त रुपमा सिलान्यास गरेका छन् । ६० लाखको लागतमा बन्ने सो भवन चालु आर्थिक बर्षको असार मसान्तभित्रै निर्माण गरिसक्ने योजना छ ।

भवन निर्माणका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले ३० लाख, महालक्ष्मी नगरपालिकाले २१ लाख र महालक्ष्मी साना किसान कृषि सहकारी संस्थाले ९ लाख लगानी गर्नेछ । स्थानीय हावापानी र माटो सुहाउँदो वीउ उत्पादन गरी कृषकहरुलाई वितरण गरेर उत्पादन बृद्धि गराउँन स्रोतकेन्द्र निर्माण गर्न लागिएको महालक्ष्मी नगरपालिकाका मेयर नेपालले जानकारी दिए ।

सम्भवतः पूर्वी पहाडी जिल्लामै पहिलो पटक निर्माण हुँन लागेको सो स्रोतकेन्द्रमा बोडी, मोटरकोशा, अकबरे खुर्सानी, रायो साग, मुला लगायत तरकारीका उन्नत जातको वीउ उत्पादन गरिनेछ ।

महालक्ष्मी साना किसान कृषि सहकारी संस्थाको अगुवाइमा सञ्चालन हुँने सो स्रोतकेन्द्रले वीउ उत्पादन र वितरणसँगै स्थानीय कृषकले उत्पादन गरेको तरकारीलाई बजारीकरणका लागि पनि सहयोग गर्ने सहकारी संस्थाका अध्यक्ष मिलन बरालले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!