संगालोखबर सम्वाददाता

काठमाडौं । पेट्रोल डिजेल र मटितेलको मूल्य बढेको छ । नेपाल आयल निगमले आईतबारबाट लागु हुनेगरी मूल्य बढाएको हो । निगमले पेट्रोलमा एक रुपैयाँ मूल्य बढाएको छ । त्यस्तै, डिजेल र मटितेलमा दुई रुपैयाँका दरले मूल्य बृद्धि भएको निगमले जनाएको छ ।

Advertisement

अब, पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर १०८ रुपैयाँ पुगेको छ । डिजेल र मटितेलको मूल्य प्रतिलिटर ९१ रुपैयाँ कायम भएको छ । आईओसीबाट प्राप्त नयाँ मूल्य सूचीअनुसार मूल्य समायोजन गरिएको निगमको जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!