संगालोखबर सम्वाददाता

काठमाडौं । कुमारी बैंक लिमिटेडको २० औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले लेखापरीक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष २०७६/०७७ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँट हिसाब, पूँजीमा भएको परिवर्तन लगायत वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गरेको छ ।
साधारण सभाले शेयरधनीहरुलाई गत आर्थिक बर्षको लागि १०.८५ प्रतिशत बोनस शेयर तथा ३.१५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बोनस शेयर जारी पश्चात् कुमारी बैंकको चुक्ता पुँजी १३ अर्ब ८७ करोड हुँने बैंकले जनाएको छ । बैंकले कूल निक्षेप १२४ अर्ब २२ करोड परिचालन तथा कूल कर्जा रकम ११५ अर्ब १३ करोड प्रवाह गरी सञ्चालन मुनाफा २ अर्ब १४ करोड तथा १ अर्ब १५ करोड खुद मुनाफा आर्जन गरेको छ ।

Advertisement

आर्थिक वर्ष २०७७/०७८ को असोज मसान्तसम्म बैंकको कूल निक्षेप १२२ अर्ब २९ करोड तथा कूल कर्जा रकम ११५ अर्ब १९ करोड गरि ८६ करोडको सञ्चालन मुनाफा र ६० करोड २५ लाखको खुद मुनाफा आर्जन गरेको छ । काठमाडौँको टंगालस्थित बैंकको रजिष्टर्ड कार्यालयमा बैंकका अध्यक्ष अमिर प्रताप ज.ब. राणाको अध्यक्षतामा भएको साधारण साभामा कोरोनाको जोखिमलाई मध्यनजर गर्दै अनलाइन प्लाट्फोर्म जूममार्फत शेयरधनिहरुलाई सहभागि गराईएको थियो ।

कुमारी बैंकले काठमाडौं उपत्यका भित्र र बाहिर गरि १८६ शाखा संजाल, १५० एटिएम्, १३ एक्स्टेन्सन काउन्टरका साथै २२ वटा शाखारहित बैंकिङ्क इकाईमार्फत सेवा प्रदान गर्दै आएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!