- संगालोखबर सम्बाददाता

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बृद्धि भएको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल र आन्तरिकतर्फ हवाई इन्धनको मूल्य लिटरमा २–२ रुपैयाँका दरले बढाएको हो ।

Advertisement

योसँगै काठमाडौं उपत्यकामा अब प्रति लिटर पेट्रोलको मूल्य ११८ रुपैयाँ कायम भएको छ । त्यस्तै, डिजेल र मट्टितेल प्रतिलिटर १०१ रुपैयाँ पर्नेछ । आन्तरिकतर्फ हवाइ इन्धनको मूल्य ७४ रुपैयाँ पुगेको छ ।

ग्यास र अन्तर्राष्ट्रियतर्फको हवाइ इन्धनको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ । बृद्धि भएको मूल्य मंगलबार राती १२ बजेदेखि लागु हुँनेछ । निगमले यसअघि फागुन १७ गते पनि पेट्रोलियम पदार्थको भाउ बढाएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!