- संगालोखबर सम्वाददाता

काठमाडौं । सरकारले बृद्धभत्ता बढाएको छ । ज्येष्ठ नागरिकको मासिक भत्ता बढाएर ४ हजार पुर्याइएको हो । आगामी आर्थिक बर्ष २०७८/०८९ को बजेट शनिवार सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले भत्ता बृद्धी गरिएको जानकारी दिएका हुन् ।

Advertisement

सरकारले सबै प्रकारका सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशत वृद्धि गरेको छ । सामाजिक सुरक्षाका लागि १ खर्ब बजेट विनियोजन गरिएको अर्थमन्त्री पौडेलले बताए । बृद्धी भएको भत्ता साउन १ गतेबाट कार्यान्वयन हुँनेछ ।

यसअघि आर्थिक वर्ष २०७६/७७ बाट वृद्धभत्ता ३ हजार पुर्याईएको थियो । तत्कालिन एमाले नेतृत्वको सरकारका अर्थमन्त्री भरतमोहन अधिकारीले वृद्धभत्ता दिन सुरु गरेका हुन् । त्यसयता एमाले नेतृत्वको सरकारले बृद्धभत्तालाई प्राथमिकतामा राख्दै आएको छ ।

अहिले ७० वर्ष उमेर पुगेका वृद्धवृद्धाले मासिक भत्ता पाउँदै आएका छन् ।

 

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!