- संगालोखबर सम्वाददाता

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बृद्धि भएको छ । नेपाल आयल निगमले मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी डिजेल, पेट्रोल, मट्टितेल र आन्तरिक हवाई इन्धनको भाउ लिटरमा दुई रुपैयाँका दरले बढाएको हो ।

मूल्य बृद्धि भएपछि अब काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर ११४, डिजेल तथा मट्टितेल ९७ र आरिक हवाई इन्धनको भाउ ६७ रुपैयाँ कायम भएको निगमले जनाएको छ । यसअघि पनि निगमले माघ २८ गते पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यासको भाउ बढाएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!