संगालोखबर सम्वाददाता

काठमाडौं । मुक्तिनाथ विकास बैंकले विभिन्न कार्यक्रम गरेर १५ औं वार्षिकोत्सव मनाएको छ । स्थापनाको १४ वर्ष पार गरी १५ औं वर्षमा प्रवेश गरेको अवसरमा बैंकले विभिन्न सामाजिक उत्तरदायित्व सम्बन्धि कार्यक्रम गरेको हो ।

Advertisement

वार्षिकोत्सवको अवसरमा विभिन्न स्थानका ६ वटा अनाथलय तथा वृद्धाश्रममा खाद्यान्न तथा लत्ताकपडा वितरण गरिएको छ । त्यस्तै, इन्टरनेट जडान गर्न तथा कम्प्युटर खरिद गर्न आर्थिक सहयोग गर्नुका साथै विभिन्न ठाउँहरुमा डस्वीन वितरण, एम्बुलेन्स मर्मत सम्भार खर्च, पिउने पानी शुद्धीकरण मेसिन हस्तान्तरण, गौशाला संरक्षणका लागि आर्थिक सहयोग गरिएको छ । त्यस्तैगरी, काठमाडौं महानगरपालिका वडा नं. १, महानगरीय प्रहरी वृत्त (सामुदायिक शाखा) कमलपोखरी अगाडिको सडक पेटी वाहेकको खाली चौरमा वातावरण मैत्री हरित बगैँचा निर्माणमा बैंकले सहयोग गरेको प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङ्गले जानकारी दिए ।

बैंकले कोरोनाको महामारीलाई मध्यनजर गर्दै डिजिटल बैंकिङ्ग प्रणालीलाई प्रोत्साहन गर्न भिसा कन्ट्याक्टलेस डेविट कार्ड सञ्चालनमा ल्याएको छ । भिसा कन्ट्याक्टलेस डेविट कार्ड नियर फिल्ड कम्युनिकेशन (एन.एफ.सी.) मा आधारित प्रविधि हो । यसबाट ग्राहकले आफ्नो कार्डलाई मेसिनमा प्रत्यक्ष स्पर्श नगरी (नछोई) सरल तरिकाले ओपीएस टरमिनलमा ग्राहकले खरिद गरेका सामाग्रीहरुको बिल भुक्तानी गर्न सक्नेछन् । नेपाल राष्ट्र बैंकको नियम अनुसार नै २ हजार रुपैयाँसम्मको भुक्तानीलाई बिना पिन कन्ट्याक्टलेस कार्डमार्फत ओपीएस टरमिनलमार्फत भुक्तानी गर्न सकिनेछ ।

त्यस्तैगरी, भिसा नेटवर्क अन्तर्गतको जुन सुकै बैंकको एटीएमबाट विना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको छ । मोबाईल बैंकिङ्ग, क्यूआर कोड स्क्यान, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा गर्ने लगायत सुविधाहरु बैंकको शाखामा उपस्थित नभई घरबाटै गर्न सकिने व्यवस्था मिलाइएको छ । २०६३ पौष १९ गते कास्की, स्याङ्गजा र तनहूँ कार्यक्षेत्रको स्वीकृति लिई स्याङ्गजाको पुतलीबजारमा केन्द्रीय कार्यालय राखेर १ करोड ३० लाख चुक्ता पूँजीमा मुक्तिनाथ बैंकले कारोवार थालेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!