- संगालोखबर सम्वाददाता

विराटनगर । नेपाली बजारमा आज सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले घटेको छ । सोमबार ८६ हजार पाँच सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ८६ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Advertisement

महासंघका अनुसार सोमबार ८६ हजार ५० रुपैयाँमा कारोबार भएको तेजावी सुनको मूल्य आज ८५ हजार पाँच सय रुपैयाँ तोकिएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । हिजो तोलामा १२ सय २५ रुपैयाँ कायम भएको चाँदीको मूल्य १० रुपैयाँले घटेर आज तोलाको १२ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!