- संगालोखबर सम्वाददाता

विराटनगर । स्वदेशी उत्पादनलाई प्रर्वद्धन गर्ने उद्धेश्यले विराटनगरमा आजदेखि विराट जुत्ता चप्पल व्यापार मेला सुरु भएको छ । फुटवेयर म्यानुफ्याक्चर्स एशोसिएशन अफ नेपालको आयोजनामा सुरु भएको मेला एक महिनासम्म सञ्चालन हुँनेछ । विराटनगरमा विगत ३ वर्ष अघिदेखि हरेक बर्ष हुँदै आएको जुत्ता चप्पल व्यापार मेलालाई आयोजकले यस वर्ष पनि निरन्तरता दिएको हो ।

Advertisement

विराटनगरस्थित रङ्गेली रोडमा आयोजित मेला विराटनगर महानगरपालिका मेयर भीम पराजुलीले बिहीबार उद्घाटन गरेका छन् । मेला उद्घाटन गर्दै मेयर पराजुलीले यस किसिमको मेलाले स्वदेशी उत्पादनको प्रर्बद्धनमा सहयोग पुग्ने बताए । उनले विदेशी उत्पादनसँग प्रतिस्पर्धी भएर उपभोक्ताको चाहना अनुरुपको जुत्ताचप्पलहरू उत्पादन गर्न सके मात्रै स्वदेशी उत्पादनले पनि विश्वबजारमा ख्याति प्राप्त गर्ने धारणा राखे ।

मेलामा १२ कम्पनीका २० वटा ब्राण्डका जुत्ताचप्पलहरुको बिक्री वितरण हुने जनाइएको छ । मेलामा बी.एफ डियर हिल, शिखर, कोशेली, क्रसरोड, ब्याम्बु, रोयल, फस्टवक, सु–ल्याण्ड, रन, स्मार्ट, म्याजिक र हाईलाईफ ब्राण्डका ५ हजार बढी मोडेलका जुत्ता चप्पलहरु विक्रिका लागि राखिएका छन् । जुत्ताचप्पल १० देखि ५० प्रतिशत छुटमा खरिद गर्न सकिने आयोजकले जनाएको छ ।

स्वेदशी उत्पादनलाई प्रोत्साहन र प्रवद्र्धन गर्ने उद्देश्यले मेला आयोजना गरिएको मेलाका संयोजक होमनाथ उपाध्यायले बताए । बार्षिक ९ करोड जोडी जुत्ताचप्पल आन्तरिक बजारको माग छ । जसमध्ये करिब ६३ प्रतिशत जुत्ताचप्पल आन्तरिक उत्पादनबाट आपूर्ति हुने गरेको एशोसिएशनको तथ्यांक छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!