- संगालोखबर सम्वाददाता

विराटनगर । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको हो ।

Advertisement

आज छापावाला सुन प्रति तोला ९० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार सुनको मूल्य प्रतितोला ९० हजार कायम भएको थियो । त्यस्तै तेजाबी सुनको मूल्य प्रति तोला ८९ हजार ९०० रुपैयाँ कामय भएको छ ।

यता, चाँदीको मूल्य पनि केही बढेको छ । आइतबार प्रतितोला एक हजार २९५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार एक हजार ३०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!