संगालोखबर

विराटनगर । सुनको मूल्यले नयाँ किर्तिमान बनाएको छ । आज तोलामा सात सय रुपैयाँ बढेर सुनको मूल्यले पुनः नयाँ किर्तिमान बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा एक लाख ६० हजार चार सय रुपैयाँ कायम भएको छ ।

Advertisement

हिजो तोलामा पाँच सय रुपैयाँ बढेर सुन तोलामा एक लाख ५९ हजार सात सय रुपैयाँ पुगेको थियो । सोमबार तोलामा चार सय रुपैयाँले बढेको सुन एक लाख ५९ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।

आइतबार सुन तोलामा एक हजार सात सय रुपैयाँले बढेर एक लाख ५८ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो । आइतबारबाट दिनहुँ सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेको छ । आज चाँदीको मूल्य पनि बढेको छ ।

आज तोलामा ४० रुपैयाँ बढेर चाँदीको मूल्य एक हजार नौ सय ५५ कायम भएको छ । हिजो चाँदी तोलामा एक हजार नौ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!