संगालोखबर


विराटनगर । सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । आज तोलामा चार सय रुपैयाँले बढेर सुनको मूल्य अहिलेसम्मकै उच्च भएको हो । नेपाले सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा एक लाख ६१ हजार तीन सय रुपैयाँ कायम भएको छ ।

यसअघि गत असोज ११ गते सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको थियो । सो दिन सुन तोलामा एक लाख ६१ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । हिजो सुन प्रतितोला एक लाख ६० हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो ।

Advertisement

आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ३० रुपैयाँले बढेर एक हजार नौ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!