विराटनगर । आज सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले बढेको छ ।
आज सुनको मूल्य तोलामा एक लाख ६४ हजार चार सय रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो सुन तोलामा एक लाख ६२ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदी तोलामा ३० रुपैयाँ बढेर एक हजार नौ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।