संगालोखबर

विराटनगर । विराटनगरमा भोलिदेखि विराट सडक महोत्सव सुरु हुँदैछ । आयोजक मञ्जिना मुभिज क्रिएसन प्रा.लि.ले आज विराटनगरमा पत्रकार सम्मेलन गरेर महोत्सवको तयारी पुरा भएको जानकारी दिएको छ ।

Advertisement

दशैंको अवसर पारेर हिमालय रोडमा गर्न लागिएको महोत्सव असोज २३ गतेसम्म सञ्चालन हुने आयोजक संस्थाका अध्यक्ष जतिन ताम्राकारले जानकारी दिए । विराटनगरका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीले महोत्सव उद्‌घाटन गर्ने कार्यक्रम तय भएको छ । महोत्सवमा विभिन्न जातीय र अर्ग्यानिक खानाका परिकारसहितका २७ स्टल रहनेछन् ।

सात दिनसम्म चल्ने महोत्सवमा हरेक दिन साँझ ५ बजेदेखि ९ बजेसम्म सांस्कृतिक कार्यक्रम गरिने अध्यक्ष ताम्राकारले जानकारी दिए । विराट सडक महोत्सवको यो चौथो संस्करण हो । यसअघि विराटनगरमा तीन पटक सडक महोत्सव भइसकेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!