संगालोखबर


विराटनगर । आज सुनको मूल्य हालसम्मकै उच्च भएको छ । आज तोलामा एक हजार सात सय रुपैयाँले बढेर सुनको मूल्य हालसम्मकै उच्च भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा एक लाख ५८ हजार आठ सय रुपैयाँ कायम भएको छ ।
शुक्रबार सुन तोलामा एक लाख ५७ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।

Advertisement

बिहीबार एक लाख ५५ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन बुधबार एक लाख ५६ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलामा ५ रुपैयाँले बढेर एक हजार नौ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!