विराटनगर । आज सुनको मूल्य तोलामा एक हजार पाँच सय रुपैयाँले बढेको छ । हिजो तोलामा आठ सय रुपैयाँ घटेको सुनको मूल्य आज एकैदिन एक हजार पाँच सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा एक लाख ५७ हजार एक सय रुपैयाँ कायम भएको छ ।
हिजो सुन तोलामा एक लाख ५५ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । अस्ति बुधबार सुन तोलामा तीन सय रुपैयाँले घटेर एक लाख ५६ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलामा ३५ रुपैयाँले बढेर एक हजार नौं सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।