संगालोखबर


विराटनगर । हिजो नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य आज सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको हो ।

आज छापावाला सुन प्रतितोला एक लाख ५६ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो तोलामा पाँच सय रुपैयाँ बढेर सुन तोलामा एक लाख ५७ हजार तीन सय रुपैयाँ पुगेको थियो ।

Advertisement

आज चाँदीको मूल्य पनि १० रुपैयाँले घटेको छ । हिजो प्रतितोला एक हजार नौ सय १५ रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला एक हजार नौ सय पाँच रुपैयाँमा कारोबार भइरहेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!