विराटनगरमा रोजगार मेला गरिने
विराटनगर । विराटनगरमा रोजगार मेला गरिने भएको छ । विराटनगर महानगरपालिकाले चैत २ र ३ गते वीरेन्द्र सभागृह छेउमा रहेको इको पार्कमा ‘महानगर रोजगार मेला’ गर्न लागेको हो ।
विराटनगर महानगरले मंगलबार पत्रकार सम्मेलन गरेर रोजगार मेला सञ्चालनको तयारी भइरहेको जानकारी दिएको हो । मेलाले रोजगारदाता र रोजगारीको खोजीमा रहेका जनशक्तिलाई जोड्ने मेयर नागेश कोइरालाले बताए । स्थानीय रुपमा रोजगारीको खोजीमा रहेका जनश...




























