संगालोखबर

काठमाडौं । पेट्रोल, डिजेल, मट्टितेल र हवाइ इन्धनको भाउ घटेको छ । नेपाल आयल निगमले आज पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ मट्टितेल तथा डिजेलमा प्रतिलिटर २ रुपैयाँ र हवाइ इन्धनमा प्रतिलिटर ६ रुपैयाँका दरले मूल्य घटाएको हो ।

Advertisement

घटेको मूल्य आज राती १२ बजेबाट लागू हुने निगमले जनाएको छ । ठाउँ अनुसार पेट्रोलियम पदार्थको मूल्य फरक-फरक पर्ने गरेको छ । मूल्य घटेपछि विराटनगर, चारआली, अमलेखगञ्ज, जनकपुर, नेपालगञ्ज, भलबारी, वीरगञ्ज र धनगढी आसपास क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १५५ पर्नेछ । एक लिटर डिजेल र मट्टितेलका लागि १४६ रुपैयाँ खर्चनुपर्नेछ ।

त्यस्तै सुर्खेत र दाङमा पेट्रोलको मूल्य १५७ पर्नेछ । डिजेल तथा मट्टितेल १४६ रुपैयाँ कायम भएको छ । काठमाडौँ, पोखरा र दिपायल क्षेत्रमा पेट्रोलको मूल्य १५८ रुपैयाँ र डिजल तथा मट्टितेलको मूल्य प्रतिलिटर १४७ कायम भएको छ ।

आन्तरिक हवाइ इन्धनको मूल्य प्रतिलिटर १२६ रुपैयाँ, अन्तर्राष्ट्रिय हवाइ इन्धनको मूल्य त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिकिलोलिटर ९६० अमेरिकी डलर र पोखरा तथा भैरहवामा ८६० रुपैयाँ प्रतिलिटर पर्नेछ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!