संगालोखबर


विराटनगर । नेपाल राष्ट्र बैङ्कले आजदेखि सुकिला नोट सटहीको व्यवस्था मिलाएको छ । दशैँलाई लक्षित गरेर राष्ट्र बैङ्कले आफ्ना सबै कार्यालय र अन्य बैङ्क तथा वित्तीय संस्थाबाट सुकिला नोट सटहीको व्यवस्था मिलाएको हो ।

राष्ट्र बैङ्कका सहायक प्रवक्ता डा. डिल्लीराम पोख्रेलका अनुसार असोज २२ गतेसम्म मात्र सुकिला नोट सटही गर्न सकिने छ । नेपाल राष्ट्र बैङ्कको मुद्रा व्यवस्थापन विभाग, बैङ्किङ विभाग साथै विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीबाट नोट साट्न सकिने छ ।

Advertisement

यी बाहेक बैङ्क तथा वित्तीय संस्थाका शाखा कार्यालयबाट समेत नोट सटहीको व्यवस्था मिलाइएको छ । १८ हजार पाँच सय बराबर मात्रै सुकिला नोट साट्न सकिने छ । ५, १०, २०, ५० र १०० दरको नोट सटही गर्न सकिने जनाइएको छ ।

नयाँ नोट नछापेको कारण त्यसको सट्टा सुकिला नोट दिने व्यवस्था मिलाइएको राष्ट्र बैङ्कले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!