सत्तामा पुगेपछि… (कविता)
सत्तामा पुगेपछि तिमी
जब फस्छौ सत्तामोहको चक्रब्युहमा
र थाल्छौ राज्यशक्तिकै हस्तमैथुन
तब स्खलित हुन्छन् हाम्रा सपनाहरु !
सत्तामा पुगेपछि तिमी
जब बोक्न थाल्छौ पदलोलुपताको भारी
र बन्न खोज्छौ कुनै विदेशी एजेन्टको उत्तराधिकारी
तब स्खलित हुन्छन् हाम्रा चाहनाहरु !
सत्तामा पुगेपछि...
जब खुल्न थाल्छ तिम्रो खोक्रो राष्ट्रवादको नकाव
र सुँघ्न बाध्य हुन्छौ तिमी अल्पमतको गन्ध
तब देखाउन थाल्छौ...