संगालोखबर


विराटनगर । केही सञ्चार माध्यममा प्रकाशित ‘३५ हजार बुझाउन नसक्दा पाँच दिनदेखि शव बन्धक’ शीर्षकको समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको नोवेल शिक्षण अस्पतालले जनाएको छ ।

समाचारमा उल्लेख भएअनुसार अस्पतालमा उपचारका क्रममा मृत्यु भएका सप्तरीको सुरुङ्गा नगरपालिका–१ का रोशन सदाको शव पैसा बुझाउन नसक्दा बन्धक नबनाइएको दाबी गरिएको छ ।

Advertisement

अस्पतालले विज्ञप्ति जारी गर्दै बिरामीको उपचारका क्रममा मृत्यु भएको र उपचारलगायत खर्च चुक्ता गर्न परिवारलाई समय लाग्ने भएपछि परिवारकै सहमतिमा शव अस्पतालको शवगृहमा राखिएको जनाएको छ । बिरामीका परिवार, आफन्त वा कुरुवा कसैले पनि पैसाको अभाव भइ छुट गराइदिन आग्रह नगरेको पनि अस्पताल प्रशासनले जनाएको छ ।

पछि सम्बन्धित वडा कार्यालयको सिफारिस पत्रसहित बिरामीका आफन्त सम्पर्कमा आएपछि प्रक्रियागत रुपमा ३५ हजार रुपैयाँ छुट गराइएको अस्पतालले जनाएको छ ।

अवस्था यस्तो भए पनि शव बन्धक बनाइएको भनेर समाचार आएपछि अतिरञ्जित तरिकाले विभिन्न पत्रपत्रिका, सामाजिक सञ्जाल लगायतमा प्रचार गरी गलत ढंगबाट राजनीतिकरण गर्ने प्रयास भएको अस्पताल प्रशासनको भनाइ छ ।

यथार्थ कुरा नपहिल्याइ गलत एवं भ्रामक समाचार प्रकाशन भएको भन्दै अस्पतालले यस्तो नकारात्मक गतिविधि नगरिदिन अपिल समेत गरेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!