संगालोखबर

धनकुटा । धनकुटामा अजम्मरी विकास फाउण्डेशनले विद्युतीय चुलो मर्मतसम्भार तालिम सञ्चालन गरेको छ । युएसएआईडी उर्जा नेपाल कार्यक्रमको सहयोगमा जेठ २ देखि तीन दिनसम्म तालिम सञ्चालन गरिएको थियो ।

Advertisement

तालिममा धनकुटाका ८ जना प्रशिक्षार्थीहरु सहभागी थिए । नेपाल सरकारले सन् २०३० सम्ममा २५ प्रतिशत घरधुरीहरुमा विद्युतीय चुलो प्रयोग गराउने लक्ष्य राखेको छ । उक्त लक्ष्यअनुसार युएसएआईडी उर्जा नेपाल कार्यक्रमको सहयोगमा धनकुटामा तालिम आयोजना गरिएको अजम्मरी विकास फाउण्डेशन कार्यक्रम संयोजक बबिता अधिकारीले बताइन् । फाउण्डेशनले विद्युतीय चुलो प्रयोग गर्दा स्वच्छ भान्सा प्रवर्द्धनमा पनि काम गरिरहेको जनाइएको छ ।

धनकुटामा करिब एक बर्ष अघिदेखि विद्युतीय चुलो प्रयोग गरिँदै आएको सन्दर्भमा चुलोमा कुनै पनि प्राविधिक समस्या आए त्यसलाई सामधान गर्न तालिमको आयोजना गरिएको उनले बताइन् । अजम्मरी विकास फाउण्डेशन संस्थाले सातवटै प्रदेशमा विद्युतीय चुलोसम्बन्धी कार्यक्रम चालाइरहेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!