आँखाभरि रुझाएर परेली
तप्प तप्प बलेनी झरेर
एउटा यात्रा सकिन्छ जिन्दगीको

Advertisement

जिन्दगीका पाठशालामा
पढियो भाँडाकुटी पनि
लेखियो गट्टाखेल र लुकामारीका अक्षर
ती दिन सुनौला याम बोकेर
आइरहन्थ्यो सधैँ

हो,
जिन्दगीमा फुलेको हो लालीगुराँस पनि
फुलेका हुन् गुलाब र सयपत्री पनि
नरमनरम दूबोमा
लुटपुटिएको थियो कुनै दिन
जिन्दगीको वसन्त

शिशिरका
उजाड रूखहरूजस्तै
उजाड खरबारीजस्तै
मरुभूमिमा
क्याक्टस उमार्दैछ जिन्दगी
र पनि
एउटा मीठो मुस्कानको
बादल–छाया
चन्द्रमाको शीतलता पर्खेर
एकान्त चौरमा
टुक्क्रुक्क बसेको छ ।

म हेरिरहेको छु उसका
संवेगहरूलाई
आवेगहरूलाई
संवेदनाहरूलाई ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!