संगालोखबर
फाइल तस्वीर ।

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका–४ खोकुबाट लागूऔषध गाँजा बोकेको पिकअप गाडीसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गाडीका चालक स्थानीय २७ वर्षीय योगेन राईलाई प्रहरीले पक्राउ गरेको हो ।

गाँजा ओसारपसार भइरहेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय छिन्ताङबाट खटिएको टोलीले गएराति उनलाई पक्राउ गरेको हो ।

Advertisement

प्रहरी टोलीले खोकुबाट पिप्लेतर्फ जाँदै गरेको प्रदेश १–०२–००२ च ६५६१ नम्वरको बलेरो पिकअप गाडीलाई जाँच गर्दा गाडीमा लुकाएर राखेको १२ बोरा (१६० किलो) गाँजा फेला परेको थियो । घटनाका सम्वन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!