संगालोखबर
सांकेतिक तस्वीर

विराटनगर । रुखबाट लडेर मोरङको पथरीशनिश्चरेमा एकजना भुटानी शरणार्थीको मृत्यु भएको छ । प्रहरीका अनुसार पथरीशनिश्चरे–१० मा बस्दै आएका भुटानी शरणार्थी ५० वर्षीय पूर्णबहादुर गुरुङको मृत्यु भएको हो ।

घाँस काट्न भनेर जंगलतिर गएका उनी नफर्केपछि खोजी गरिएको थियो । खोजीका क्रममा स्थानीय पशुपति सामुदायिक वनमा रहेको रुखबाट लडेर मृत्यु भएको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ ।

Advertisement

मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार कुर्मीको रुखबाट लडेर गुरुङको मृत्यु भएको पाइएको थियो । शवको उर्लाबारीस्थित मदन भण्डारी अस्पतालमा पोस्टमार्टम गरी घटनाबारे अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!