संगालोखबर


विराटनगर । पाँचथरका एकजना युवा सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पुग्न सफल भएका छन् । पाँचथरको फालेलुङ गाउँपालिका–३ का ३३ वर्षीय उदय केरुङ सर्वोच्च शिखर आरोहण गर्न सफल भएका हुन् ।

उनी आइतबार बिहान करिब ६ बजे सगरमाथाको चुचुरो पुगेका हुन् । यसअघि उनले मेरा पिक र मनास्लु हिमालको सफल आरोहण गरिसकेका छन् । सर्वोच्च शिखर आरोहण गर्ने उनी पाँचथरका दोस्रो व्यक्ति बनेका छन् ।

Advertisement

सगरमाथा आधार शिविरबाट आरोहण दलका २२ जना सदस्यसँगै उनी बिहीबार सगरमाथा चुचुरोतर्फ प्रस्थान गरेका थिए । आरोहण दलमा सहभागीमध्ये अधिकांशले बिहान ७ बजेभित्र सगरमाथाको सफल आरोहण गरिसकेको एट–के एक्सपिडिसन कम्पनीका व्यवस्थापक पेम्बा शेर्पाले बताएका छन् ।

यसअघि पाँचथरको मङजावुङका सुशील सेर्माले सगरमाथाको सफल आरोहण गरेका थिए । केरुङ पाँचथर जिल्लाबाट सगरमाथा चुचुरोमा पुग्ने दोस्रो व्यक्तिका रुपमा चर्चित बनेका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!