अछामको मंगलसेनमा सत्तारुढ गठबन्धन एमालेसँग पराजित, बोहोरा बने मेयर
मंगलसेन । सत्तारुढ कांग्रेस माओवादी गठबन्धनलाई पराजित गर्दै एमालेले अछाम सदरमुकाम मंगलसेनमा बाजी मारेको छ । मंगलसेन नगरपालिकाको मेयर र उपमेयर दुवै पदमा एमालेका उम्मेदवार विजयी भएका हुन् ।
मेयर पदमा एमालेका पदमबहादुर बोहरा चार हजार छ सय ९१ मत र उपमेयर पदमा सरिता उपाध्याय चारहजार ९ सय ११ मत ल्याएर विजयी भएका हुन् ।
प्रतिद्वन्द्वी कांग्रेस–माओवादी गठबन्धनका कांग्रेसका उम्मेदवार चन्द्रप्रसाद...
