इलाम । इलामको चुलाचुली गाउँपालिका अध्यक्षमा नेकपा एमालेका प्रदिपचन्द्र राईले जितेका छन् । यसरी नै उपाध्यक्षमा एमालेका निर्मला दाहालले जितेकी छिन् ।

Advertisement

अध्यक्षमा विजयी भएका राईले ३ हजार ३६४ र उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजेन्द्र केरुङले ३ हजार १४९ मत ल्याएका छन् ।

यसरी नै उपाध्क्षमा विजयी भएकी दाहालले ३ हजार ४९३ र उनकी निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी लक्ष्मी मिस्त्रको २३ सय ९५ मत आएको छ । छ वटा वडाहरु भएको चुलाचुली गाउँपालिकाको वडा नं. १ मा संघीय लोकतान्त्रिक राष्ट्रिय पञ्चका पूर्ण लावती, वडा नं. २ मा रानबहादुर लिम्बू, वडा नं. ३ मा नेपाली कांग्रेसका नरबहादुर लावती, वडा नं. ४ मा नेकपा एमालेका कालीदास भट्टराईले जितेका छन् ।

यसरी नै वडा नं. ५ मा एमालेकै चन्द्रकुमार थापा र वडा नं. ६ मा एमालेका हेमन्त राईले जितेका छन् । इलाममा यसभन्दा अगाडि सन्दकपुर गाउँपालिकाको नतिजा सार्वजनिक भएको छ । यहाँ नेकपा एमालले जितेको छ । इलाममा दुई गाउँपालिकामा एमालेले जित्दै अग्रता कायमै राखेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!