संगालोखबर सम्वाददाता

धनकुटा, १७ असार । धनकुटाको छथर जोरपाटी गाउँपालिकामा नेकपा एमाले बिजयी भएको छ । एमालेका शेर बहादुर लिम्बु ३ हजार ३ सय ४९ मतसहित गाउँपालिकाको अध्यक्षमा बिजयी भएका हुन ।

Advertisement

उनका निकटतम प्रतिद्धन्द्धी माओवादी केन्द्रका बिष्णु बहादुर लिम्बुले १ हजार ५ सय ३१ मत प्राप्त गरेका छन । १ हजार ८ सय १८ मतले अध्यक्षमा एमालेका लिम्बु बिजयी भएका हुन । उपाध्यक्षमा ३ हजार २ सय ८९ मतसहित एमालेकी भीमकला श्रेष्ठ बिजयी भएकी छन ।

उनका निकटतम प्रतिद्धन्द्धी माओवादी केन्द्रकी गीता खेवाले २ हजार ७३ मत पाएकी छन । उपाध्यक्षमा १ हजार २ सय १६ मतले एमालेकी श्रेष्ठ बिजयी भएकी हुन ।  छथर जोरपाटी गाउँपालिकाका ३२ पद मध्य एमालेले ३१ पदमा बिजयी भएको हो ।

२ नम्बर वडाध्यक्ष बाहेकका सवै पदमा एमालेले जितेको हो । २ नम्बरको वडाध्यक्षमा भने एमालेका उम्मेदवार इन्द्र सारु मगरलाई १ मतान्तरले हराउँदै माओवादी केन्द्रका कृष्ण मगर बिजयी भएका छन ।

एमाले उम्मेदवार ईन्द्र सारुले ४ सय ९८ मत ल्याएका थिए भने माओवादी केन्द्रका कृष्ण मगरले ४ सय ९९ मत ल्याएर बिजयी भएका हुन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!