तेह्रथुम । तेह्रथुमको मेन्छयायेम गाउँपालिकामा एमाले बिजयी भएको छ । अध्यक्षमा एमालेका यादववहादुर खापुङ १६८३ मत प्राप्त गरी बिजयी भएका छन् ।

Advertisement

निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका देउवहावदुर लिम्बुले १४९६ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा भने कांग्रेसकी गीतादेवी तिम्सिना १४८६ मत प्राप्त गरि बिजयी भएकी छन् । निकटतम प्रतिद्धन्द्धी एमालेकी दिलकुमारी शंकरले १४२० मत प्राप्त गरी ६६ मतको अन्तरमा पराजित भएकी छन् ।

तेह्रथुम जिल्लाका ६ स्थानीय तहमध्ये यो पहिलो परिणाम सार्वजनिक भएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!