संगालोखबर संवाददाता

 नवलपरासी । नवलपरासीको त्रिवेणी सुस्ता गाउँपालिकामा नेकपा एमालेले जित हात पारेको छ ।

Advertisement

सुस्ताको अध्यक्षमा एमालेका रामप्रसाद पाण्डेले २ हजार ९ सय ६३ मत प्राप्त गरी जित हासिल गर्दा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हसबुद्धिन शेखले २ हजार ३ सय ५६ मत प्राप्त गरेका छन् ।

त्यस्तै, उपाध्यक्षमा पनि एमालेकै इन्द्रकुमारी थरुनीले २ हजार ९ सय ४० मत प्राप्त गरी विजय हासिल गरेकी छन् । निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी विमला ढुंगानाले २ हजार ३ सय ५५ मत प्राप्त गरेकी छन् ।

भारतसँगको सीमाक्षेत्र सुस्ता भारतीय अतिक्रमण विरुद्ध त्यहाँका जनताले पटकपटक लडेका कारण चर्चामा आउने गरेको छ । सुस्ताको भूमि भारतले अतिक्रमण गरेको विषय अहिले पनि दुई देशीय वार्तामा छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement